निर्वाचन

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह, कसरी दर्ता गर्ने दल ?

    नवलपुर टुडे
    २०८० मंसिर २२ | बिहान ०७:०८ बजे
      काठमाडौं । निर्वाचन आयोगले माघ ११ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । 

      संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले राजनीतिक दल दर्ता गर्नु पर्ने आयोगले जनाएको छ । 

      मंसिर २४ देखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको छ । 
      Capture-1701996585.JPG

       

        कमेन्टहरु