अर्थ, देश

    एनसेलबारे लेखा समितिका पाँच निर्णय, तत्काल कारोबार राेक्न निर्देशन

    नवलपुर टुडे
    २०८० मंसिर २० | मध्यान्ह ०७:०८ बजे
      काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीबारे प्रतिनिधिसभाको लेखा समितिले पाँच निर्णय गरेको छ।  बुधबार बसेको बैठकले एनसेनको ८० प्रतिशत सेयरको खरिद-बिक्री वा हक हस्तान्तरणका सम्बन्धमा विस्तृत अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भन्दै साे अवधिसम्म कारोबारलाई राेक्न निर्देशन दिएको हाे। 

      यस्तै, समितिले यस विषयमा वास्तविकता पहिचान गर्न ३० दिनभित्र कार्यसम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धानका लागिसमेत निर्देशन दिएको छ।  साथै, सेयर खरिद–बिक्रीको विस्तृत विवरण माग गर्दै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको प्रचारबारे यथाशीघ्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ 

      समितिले एनसेल सेयर खरिद-बिक्रीबारे तथा समसामयिक विषयमा सरकारको थप धारणा बुझ्न आगामी बैठकमा प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने निर्णय गरेको छ। 

      lekha nirnay.jpg' '.2023 12 06

      lekha nirnay1.jpg' '.2023 12 06

       

        कमेन्टहरु