समाज

    नवलपुरको बौदीकाली व्याघानमा नचाइएको सोरठी नाँच (भिडियोसहित)

    जगत ठाडा मगर
    २०८० मंसिर २० | मध्यान्ह ०४:०८ बजे

      नवलपुर, मंसिर २० । मगर जातिको बाहुल्यता रहेको नवलपुरको बौदीकाली गाउँपालिकामा सोरठी नाँचलाई प्रबर्द्धन गर्ने हेतुले सोरठी नाँच नचाइएको छ ।

      बौदीकाली गाउँपालिका – ४ मा रहेको व्याघान समाजसेवा केन्द्रको अगुवाइमा मगर समुदायमा प्रचलित लोपोन्मुख सोरठी नाँचलाई पुन: उत्थान गर्ने हेतुले सोरठी नाँच नचाइएको हो ।

      केन्द्रले मादल झर्राको व्यवस्थापन गरी लोप हुन लागेको मगर समुदायको संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले सोरठी नचाइएको स्थानीय पोबिन सिंजाली मगरले जानकारी दिनुभयो ।

        कमेन्टहरु