नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

नवलपुर टुडे
२०८० मंसिर १७ | मध्यान्ह ०१:०८ बजे

नवलपुर, मंसिर १७ । नवलपुरको मध्यविन्दु नगरपालिका – १० टाँडीमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।
शनिबार साँझ करिब ६ बजेतिर ६० वर्षीय होम बहादुर दराईलाई आफ्नै जेठो छोरा ३५ वर्षीय रुपेश दराईले कुचोको डाँठ पट्टिको भागले हिर्काएर गम्भीर घाईते बनाएका थिए ।
घाईते होम बहादुरलाई स्थानीय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि एम्बुलेन्सद्वारा मध्यबिन्दु जिल्ला अस्पताल पठाईएको थियो । उनको त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने छोरा रुपेशलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





