अपराध

    भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

    जगत ठाडा मगर
    २०८० मंसिर १५ | मध्यान्ह ०४:०८ बजे
      काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ । 

      न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
       

      काठमाडौं जिल्ला अदालतले गत १ असारमा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको थियो । उक्त निवेदनमाथि गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो । 

        कमेन्टहरु