बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

नवलपुर टुडे
२०८० मंसिर १५ | मध्यान्ह ०१:०८ बजे

रसुवा, मंसिर १५। रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
गोसाईंकुण्ड गाउँपालिका–५ सानो भार्खुका स्थानीय ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियोगमा उनका छोरा ४० वर्षीय गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते छेवाङको जिल्ला अस्पताल धुन्चेमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरीले गोपाललाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





