दुर्घटना

    बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

    रासस
    २०८० मंसिर १४ | मध्यान्ह ०४:०८ बजे

      बाजुरा, मंसिर १४ । बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै बिहीबार दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । 

      मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए । 

      उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नंको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो । 

      सो दुर्घटनामा घाइते हुनेमा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताए । सो जीपमा चालकसहित चार जना सवार रहेका बताइएको छ ।  

      जीपका चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीप चालक खत्याड –९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु