दुर्घटना

    मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते

    जगत ठाडा मगर
    २०८० मंसिर १४ | मध्यान्ह ०४:०८ बजे

      काठमाडौँ, मंसिर १४ । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

      बिहीबार दिउँसो १ बजेको समयमा मकवानपुरगढी गाउँपालिका – २ धवाडी पुल स्थित भित्रि सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

      मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार वर्ष ३४ की रुपा स्याङ्तान र उनका ५ महिने छोरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी- २ कुर्ले पाखा बस्ने वर्ष ३५ को भीमबहादुर स्याङ्तान घाइते भएका हुन् । 

      स्याङ्तानको टाउकोमा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । मृत्यु भएकी रुपा मोटरसाइकल चालक स्याङ्तानकी श्रीमती हुन् भने ४ महिने शिशु उनीहरूको छोरी हुन् ।

        कमेन्टहरु