वीरगंजबाट श्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ

जगत ठाडा मगर
२०८० मंसिर १३ | मध्यान्ह ०४:०८ बजे

वीरगंज । सशस्त्र प्रहरीले वीरगंजबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण रक्सौल- ७ अरुवाटोल बस्ने बर्ष २३ को उमेश यादव रहेको छ ।
उनलाई सशस्त्र प्रहरी बल नम्बर १३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो १ बजेको समयमा वीरगंज-१६ स्थित भन्सार रोडबाट पक्राउ गरेका हुन ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको बिआर ०५ एआर ८१०१ नम्बरको मोटरसाइकलमा सवार भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली १० लाख रुपैयाँ फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नमबर १३ गण, हेक्वाटर पर्साका सूचना अधिकारी डीएसपी संगम श्रेष्ठले वताए ।





