अपराध

    पक्राउ परेका आचार्य श्रीनिवासलाई मुद्दा चलाउने तयारी

    नवलपुर टुडे
    २०८० मंसिर १२ | मध्यान्ह ०१:०८ बजे

      काठमाडौं, मंसिर १२ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा पक्राउ परेका आचार्य श्रनिवासलाई मुद्दा चलाउने तयारी भएको छ ।

      काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार श्रीनिवासलाई सार्वजनिक शान्तिविरुद्धको कसूरअन्तर्गत अदालतबाट म्याद थपको तयारी भइरहेको छ । त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

      प्रसाईँको आव्हानमा हिजो गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए ।

       

        कमेन्टहरु