सुदुरपश्चिम प्रदेश

    एमाले निकट प्रेस चौतारीको सम्मेलन दार्चुलामा आजबाट शुरु हुँदै

    नवलपुर टुडे
    २०८० मंसिर १२ | बिहान १०:०८ बजे

      दार्चुला । प्रेस चौतारीको केन्द्रिय समिति बैठक आजबाट शुरु हुँदैछ । दार्चुला जिल्लामा आज देखि सुरु हुने बैठकको ब्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ ।

      सदरमुकाम खलंगामा हुने उक्त सम्मेलनमा सहभागी हुनका लागि देशैभरीबाट चौतारीका केन्द्रीय सदस्य पुगिसकेका छन् । नेकपा एमाले निकट चौतारीले पार्टीको आगामी १४ गतेबाट हुने मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा केन्द्रिय समिति बैठक बोलाएको हो । सो पदयात्रा दार्चुलाको झुलाघाटबाट सुरु हुदैँछ ।

        कमेन्टहरु