बसको ठक्करले गुल्मीमा मोटरसाइकल चालकको मृत्यु


गुल्मी, मंसिर ११ । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका- ४ बस्ने १९ वर्षका विवेक झाँक्री मगर रहेको छ ।
सोमबार बिहान तम्घासबाट जेगिथुम तर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल र छल्दीबाट तम्घास तर्फ आउदै गरेको लु १ ख ९४७५ नम्बरको बस अर्खलेमा एक आपसमा ठक्कर खादा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
दुर्घटना लगतै उपचारका लागि झाँक्री मगरलाई गुल्मी अस्पतालमा पुर्याएको थियो । उनलाई अस्पतालले केही बेरमा मृत घोषण गरिएको प्रहरीले जनाएको छ । महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ मा पढने झाँकी पढाइ सकेर तम्घासबाट घर तर्फ जाँदै थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा १० जनाको टोलीले बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





