एमाले अध्यक्ष ओलीद्वारा “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमाेचन


काठमाडौं, मंसिर १० । सम्पदा अभियन्ता तथा नेकपा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलद्वारा लेखिएको “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तकको नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिमोचन गरेका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी एमालेद्वारा नेपाल सम्वत् ११४४ न्हुदँया भिन्तुनाको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा उक्त पुस्तकको समेत बिमोचन गरिएको नेकपा नेकपा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलले जानकारी दिए ।
पुस्तकमा मिसन २०८४ का लागि परम्परागत राजनीतिमा केही सुधार आवश्यक रहेको उल्लेख छ । “केन्द्र देखि टोलसम्म सक्रिय दलहरुको बैठकमा श्रमसंग जोडिएका सम्पदायुक्त समुदायको सम्मान र प्रोत्साहन ‘चौथो स ‘बारे प्रत्येक बैठकमा अनिवार्य छलफलको विषय बनाऔं । सम्पूर्ण विभागका एक९एक जना सदस्य रहेको ‘चौथो ‘स ‘कार्यान्वयन तथा अनगमन केन्द्रीय आयोग गठन गरौं र मातहतका सबै कमिटीहरुमा अन्तरपाटी निर्देशन (अपानी) जारी गरौं ।” भन्ने किताबले संगठनात्मक कार्यान्वयनमा जोड दिन दिशानिर्देश गरेको छ ।
पुस्तकमा बुद्धको कर्मवादसंग सम्बन्धित दर्शनदेखि परम्परागत राजनिती नै समृद्धिको बाधक र उद्योग व्यवसायीको चिन्तन लागयत मुल विषय बनाएर मिहिन ढंगले लेखक मनिराज डंगोलले केलाएका छन् ।
नेपाल सम्वत् ११४४ न्हुदँया भिन्तुनाको अवसरमा भएको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा एमालेका नेताहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली, प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, भिम रावल, रामेश्वर फुयाल, कृष्ण राई, नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला लगायतको उपस्थिति रहेको थियोे ।






