समाचार

    इलाममा गोली लागेको शव फेला

    पत्रपत्रिकाबाट
    २०८० मंसिर १० | बिहान ०७:०८ बजे

      इलाम, मङ्सिर १० । इलामको फाकफोकथुम गाउँपालिका– ७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

      स्थानीय दौलत लिम्बूको घर पश्चिम पट्टि लिम्बूको शव भेटिएको बताइएको छ । हेर्दा भरुवा बन्दुकको गोली छातीमा लागे जस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएको प्रहरी नायब निरीक्षक प्रकाश जबेगूले बताउनु भयो ।

      लिम्बूको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाको अनुसन्धान सुरु गरिएको जबेगूले बताउनुभयो । गोरखापत्रबाट साभार

        कमेन्टहरु