याेगदान राष्ट्रकाे लागि कृष्णनगर नगरस्तरीय समितिमा अध्यक्षमा गुप्ता चयन


कपिलवस्तु, मंसिर ९ । “प्राथमिक उपचार हाम्रो सरोकार” भन्ने नारालाई सार्थक बनाउन संचालित योगदान राष्ट्रको लागी कृष्णनगर नगरपालिकामा नगर कमिटी गठन गरेको छ । योगदान राष्ट्रको लागी कृष्णनगर नगरपालिकामा कमलेश चन्द्र गुप्ताको अध्यक्षतामा १३ सदस्यीय नगर कार्य समिति गठन गरिएको हो ।
यस्तै उपाध्यक्ष पुनिता चौधरी, सचिव बन्धना चौधरी, कोषाध्यक्ष अजय हरिजन, सदस्यहरु पार्वती यादव, मुक्तार अहमद, निलम चौधरी, नेहा यादव, हरि नारायण पाल र सुरेन्द्र प्रसाद यादव चयन भएका छन । त्यस्तै सल्लाहकारमा जंबहादुर शाही, निरहु यादव र अमित चौधरी सर्बसम्मत चयन भएका छन ।
उक्त कार्यक्रमकाे अध्यक्षता योगदान राष्ट्रको लागि कपिलवस्तु शाखा जिल्ला संयोजक राम शब्द यादव, प्रमुख अथिति कृष्णनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सतीश निगम, विशिष्ट अतिथि श्री राम गोरखा माध्यमिक विद्यालयका शिक्षक जंग बाहदुर शाही र अतिथि योगदान राष्ट्रको लागि शिवराज नगरपालिका नगर अध्यक्ष मेनुका बस्नेत लगायत अन्य व्यक्तिहरुकाे उपस्थित रहेको थियो ।
कार्यक्रम सञ्चालन योगदान राष्ट्रको लागि कपिलवस्तु शाखा सल्लाहकार इन्दु थारुले गर्नु भएको थियो ।





