देश

    पर्सा मिलन केन्द्र काठमाडौंको २३औ पर्सा दिवस समारोहमा पत्रकार श्रेवण प्रसाद साह सम्मानित

    नवलपुर टुडे
    २०८० मंसिर ९ | मध्यान्ह ०८:०८ बजे

      पवन प्रसाद साह
      काठमाडौं । पर्सा मिलन केन्द्र काठमाडौंले २३औं पर्सा दिवस‌ समारोह एक कार्यक्रमका बिच काठमाडौंमा मनाएकाे छ ।

      पर्साबाट काठमाडौंमा आएर बुद्धिजीवी, व्यवसायी, बिद्यार्थी बिचकाे सम्बन्धलाई निरन्तरता पर्सा मिलन केन्द्रले स्थापनाकाल‌ देखिनै दिदै आएको हो।

      पर्सा मिलन केन्द्र काठमाडौंको २३औं पर्सा दिवस‌ समारोहको अवसरमा भोजपुरी टाइम्स दैनिक पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहलाई कार्यक्रमका बिशिष्ट अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय रमेश रिजालद्वारा सम्मानित भएका छन्।

      सम्मानित हुने पत्रकार श्रवण प्रसाद साह पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं १७ अलौं (बजार टोल) निवासी हुन ।

      उहाँ सामाजिक कार्यमा सधै सक्रिय रहने व्यक्तित्व हुन।

        कमेन्टहरु