उप प्रमुख चौधरीले गरिन् लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको उद्घाटन


कृष्णनगर, मंसिर ९ । कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक उद्घाटन गरिएको छ ।
“लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाले आयोजना गरिएको कार्यक्रममा आफन्त नेपाल, पि.आर.सि नेपाल, साना हात, आशिष सामाजिक सेवा नेपाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायत विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो ।
कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको प्रमुख आतिथ्य रहेको कार्यक्रमका प्रमुख अतिथि चौधरीले दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, हरिपाल चतुर्वेदी, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, प्रहरी निरीक्षक लक्ष्मण ओली, लगायत विभिन्न सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पि.आर.सिका कपिलवस्तु प्रतिनिधि दिनेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए भने थुमा देवी उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष मौलाना मशहूदले हामी सबै मिलेर महिला हिंसा अन्त्य गर्नुपर्ने बताउँदै आमाको खुट्टा मुनि स्वर्ग रहेको बताए ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रवक्ता हरिपाल चतुर्वेदी, कृष्ण कुमार गुप्ता, नागेश्वर मिश्र लगायतका वक्ताहरूले महिला हिंसा अन्त्य गर्न सम्पूर्ण क्षेत्रका व्यक्ति मिलेर महिला हिंसा बिरूद्ध योगदान दिनुपर्ने बताए ।
कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, स्थानीय, महिला अधिकार कर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षाप्रेमी लगायतको उपस्थिति रहेको थियो ।





