मुख्य समाचार

    पूर्वराजा ज्ञानेन्द्रले गरे झापामा पृथ्वीनारायण शाहको शालिक अनावरण

    नवलपुर टुडे
    २०८० मंसिर ९ | मध्यान्ह ०४:०८ बजे

      विराटनगर, मंसिर ९ । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् ।

      मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए ।

      पूर्वराजा शाह शुक्रबार नै झापा पुगेका हुन् । कार्यक्रमलाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा लिएको छ । राप्रपा कोसी प्रदेश अध्यक्ष राम थापाले कार्यक्रममा प्रदेशभरबाट सहभागी आएका बताए ।

        कमेन्टहरु