समाज

    बाैदीकाली गाउँपालिकामा कला संस्कृतिलाई जगेर्ना गर्न समिति गठन

    जगत ठाडा मगर
    २०८० मंसिर ९ | मध्यान्ह ०४:०८ बजे

      राजु श्रेष्ठ
      डेढगाउँ, मङ्सिर ९ । नवलपुर जिल्लाकाे पहाडी भेग बाैदीकाली गाउँपालिकामा पालिका भित्र दबिएका कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कला सांस्कृतिक संरक्षण बिकास समिति गठन गरिएकाे छ ।

      बाैदीकाली – २ डेढगाउँकाे खहरेमा भएकाे समिति गठन कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठकाे अध्यक्षतासँगै विशिष्ट अतिथिमा वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर थापा रहनु भएकाे थियाे । साथै कार्यक्रममा बाैदीकाली भित्रका कला सांस्कृतिक क्षेत्रलाई माया गर्ने कलाकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

      समग्र बाैदीकाली गाउँपालिकाकाे ६ वटै वडाहरुकाे कलाकारहरुलाई समेटी सदस्यहरुकाे समिति गठन गरिएकाे छ । जसमा अध्यक्ष दुर्गा बहादुर ठाडा मगर, उपाध्यक्ष ईश्वर श्रेष्ठ, सचिव राजु श्रेष्ठ, काेषाध्यक्ष ज्याेति माया दरै, सदस्यहरु दिया लुङ्गेली, देबिका बि.क., दुर्गा बहादुर गुरुङ र युकेस रुचाल रहनु भएकाे छ ।

      photo 2023 11 25 16 01 07

        कमेन्टहरु