दुर्घटना

    उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु ३८ जना घाइते

    नवलपुर टुडे
    २०८० मंसिर ९ | मध्यान्ह ०३:०८ बजे

      काठमाण्डौ, मंसिर ९ । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

      त्रियुगाको अन्नपूर्ण सेकेन्डरी स्कुलको  १०५००१ ख ००४४ नम्बरको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ मा पल्टिँएर दुर्घटनाग्रस्त भएको हो । घाइते सबैको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

      अभिभावक र विद्यार्थीहरु बनभोज खाएर फर्कँदै गर्दा बस पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु