जाजरकोटको एक स्थानीय मेलामा युवाहरुबिच कुटाकुट हुँदा १ जनाको मृत्यु

नवलपुर टुडे
२०८० मंसिर ९ | मध्यान्ह ०१:०८ बजे

जाजरकोट, मंसिर ९ । जाजरकोटको एक स्थानीय मेलामा युवाहरुबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कुशे गाउँपालिका–२ धौलाई भन्ने स्थानमा लागेको स्थानीय मेलामा युवाहरुबीच विवाद भई कुटाकुट हुँदा सोही ठाँउकै युवक जनक शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
३ जनाको समूहले शाही कुटपिट गरेपछि शुक्रबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोक्काले बताए ।





