दुर्घटना

    पाल्पाको पुर्वखोला गाउँपालिका – ५ शिखरडाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    असिम कामु
    २०८० मंसिर ८ | मध्यान्ह ०९:०८ बजे

      पाल्पा, मंसिर ८ । पाल्पाको पुर्वखोला गाउँपालिका – ५ शिखरडाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका – ५ कर्नेडाँडाँका ३४ वर्षिय चन्द्र कुमार काम्मु रहेका छन् ।

      आज दिउँसो साढे ३ बजे कर्नेडाँडाबाट पोखरीछाप तर्फ जाँदै गरेको लु ४ त ६५५३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा ट्याक्टर धनी तथा चालक काम्मु गम्भीर घाइते भएका थिए ।

      घाइते भएका उनलाई हस्पिटल पुर्‍याए लगत्तै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु