नेपाली श्रमिक मलेसियामा घाँटीमा पासो लगाइएको अवस्थामा मृत फेला


रामजि प्रजापती
मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा बिगत डेढ बर्षदेखि जोहोर राज्यको पेकेनासमा अवस्थित सेन्कु प्रोडक्सन एसडिएन बिएचडी कम्पनीमा कार्यरत एक जना श्रमिक मृत अवस्थामा फेला परेका छन ।
मृत फेला पर्नेमा नेपालको जाजरकोट जिल्ला भेरी नगरपालिका- १२ निवासी लोक बहादुर रावत रहेको छ ।उमले आफ्नो घाँटीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
सोही कम्पनीमा कार्यरत एक नेपाली कामदारक अनुसार “बिहिवार राती हामी रुममा बस्ने सबैजना खाना खाएर सुतिसकेका थियौं, सबै सुतेको मौकामा लोक बहादुर रावत आफू सुत्ने खाँटमा पासो बाँधेर झुन्डिएर आत्महत्या गरेको अवस्थामा हामी सबैले फेला पारेको बताए ।
जानकारी अनुसार अविवाहित एक्लो छोरा लोक बहादुरको घरमा आमाबुबा र दुई बहिनी मात्रै छ्न । तर फोटोमा झट्ट हेर्दा मृतक लोक बहादुरको आँधी शरीर भुइँमा बसेको देख्न सकिन्छ । तसर्थ हत्या हो या आत्महत्या अहिलेनै छुट्याउन नसकिने अवस्था रहेको छ।
हाल स्थानीय प्रहरीको सहयोगमा मृतक लोक बहादुर रावतको शव पोस्टमार्टमको लागि पोन्टियान हस्पिटलमा लगिएको जानकारी प्राप्त भएको छ ।






