राजनीति

    देश रक्षाका लागि आवश्यक परे हजारौँ मानिस सडकमा उताछौँ: महेश बस्नेत

    नवलपुर टुडे
    २०८० मंसिर ८ | मध्यान्ह ०५:०८ बजे

      काठमाडौं, मंसिर ८ । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले आवश्यक परे देशको रक्षाका लागि हजारौँ मानिसलाई सडकमा उतार्ने बताएका छन् ।

      आज राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बस्नेतले बिहीबार युवा संघले राजधानी केन्द्रित कार्यक्रम मात्रै गरेको भन्दै आवश्यक परे देशको रक्षाका लागि सिटी बजाएकै भरमा हजारौँ मानिसलाई सडकमा उतार्ने बताए । एमालेविरुद्ध निरन्तर प्रहार भइरहेको अवस्थामा युथ फोर्सलाई जगाउनुपर्ने आवश्यकता देखिएको धारणा राखे ।

      बस्नेतले पार्टी प्यालेसबाट महिलालाई निकालेको घटनामा एमालेलाई जोडेर गलत ढंगले व्याख्या गरिएको तर्क गरे ।

       
       

        कमेन्टहरु