समाचार, सूचना / प्रबिधि

    काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राखिँदै

    नवलपुर टुडे
    २०८० मंसिर ८ | मध्यान्ह ०५:०८ बजे

      काठमाडौं, मङ्सिर ८ गते । काठमाडौं महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ ।

      काठमाडौं जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा पटक–पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि सो स्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो । शुक्रबारदेखि महानगरपालिकाले बत्ती जडानको काम अगाडि बढाएको छ ।

      सो क्षेत्रमा दुर्घटना बढेसँगै कानुन व्यवसायीहरुको अग्रसरतामा काठमाडौं महानगरसँग ट्राफिक व्यवस्थापनको माग गरिएकोमा सोही माग बमोजिम महानगरपालिले बत्ती जडान गर्न लागेको अधिवक्ता कमलप्रसाद पोखरेलले बताउनुभयो ।

      उहाँले सो बत्ति पदलयात्रीहरुले आफ्नो अनुकुलतामा स्वीच बटन थिचेर रातो बत्तिमा सवारी साधन रोकिएपछि बाटो काट्न सकिने बताउनु भयो । निर्माण सम्पन्न भए पछि केही दिन भित्रमा नै सो बत्तिको उद्घाटन गरिने जनाइएको छ ।

        कमेन्टहरु