अपराध, कोशी प्रदेश

    धनकुटामा श्रीमती र छोराको हत्या गरेर आत्महत्या

    नवलपुर टुडे
    २०८० मंसिर ७ | बिहान १०:०८ बजे

      हिले, मङ्सिर ७ गते  । धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् ।

      बुधवार राति निगालेका ३५ वर्षीय टीकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टीकारामले श्रीमती र छोराको हत्या गरी घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

      टिकारामको जिउ काम्ने उपचार गरिरहनु पर्ने भएको र उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले बताएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । बुधवार राति पौने १ बजे ६ वर्षीया छोरी आसिकी गुरुङलाई छिमेकीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । 

      सो अघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउमा कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिनुभयो राति डरले केही नभनेको पनि आसिकीले बताएको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी कोइरालाले बताउनु भयो ।

        कमेन्टहरु