देश

    हरिबोधिनी एकादशीमा पशुपति नाथमा टाँगियो तोरन (फोटो फिचर)

    नवलपुर टुडे
    २०८० मंसिर ७ | बिहान ०७:०८ बजे

      काठमाडौँ, मङ्सिर ७ गते । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन छ।

      हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठुलो एकादशी हरिबोधिनीलाई मान्ने गरिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । असार शुक्ल एकादशीको दिन भगवान् विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ । 

      विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । आज काठमाडौँको पशुपति नाथमा  एकादशीको अवसरमा भक्तजनहरूले तोरन टाँग्ने गर्दछ । 

      1 11 91 181 171 111 131 121 161 141 101 41 151 81 71 61 51 21 3

        कमेन्टहरु