समाज

    कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले सामाजिक विकासमा जाेड दिँदै

    धर्मेन्द्र कुमार कुर्मी
    २०८० मंसिर ६ | मध्यान्ह ०७:०८ बजे

      कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले सामाजिक विकासमा जाेड दिएकाे छ । गाउँपालिकाले सामाजिक विकास भए मात्र समाजमा आमूल परिवर्तन हुनेमा जाेड दिएकाे छ । सामाजिक विकास भएपछि अन्य क्षेत्रमा पनि स्वत: विकासकाे लयमा गति लिँदै जाने जनाएको छ । गैरसरकारी संस्थाहरुसँग साझेदारी गरि गाउँपालिका अगाडी बढिरहेको छ । वडा नम्बर १ मा करुणा सेचेन संस्थाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेकाे छ । गैरसरकारी संस्था करुणा सेचेनसँग सहकार्य गरि स्वास्थ्य, शिक्षा र सरसफाईकाे विभिन्न कार्यक्रमहरु सञ्चालन गरि अगाडी बढ्न आवश्यक रहेको जनाएको छ । गाउँपालिकाले सामाजिक विकासमा सबैभन्दा बढी बजेट विनियोजन गरेकाे जनाउँदै दातृ निकायहरुले पनि थप कार्यक्रम सञ्चालन गरि सहयोग गर्न अनुराेध गरेकाे छ ।

      विजयनगर गाउँपालिका र करुणा सेचेन संस्थाबीच बुधबार सामाजिक विकास लगायतकाे विषयमा बृहत छलफल गरिएकाे हाे । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाई र सशक्तीकरण लगायत जनचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जाेड दिएकाे छ । गाउँपालिका, गैरसरकारी संस्था करुणा सेचेन र विदेशी दातृ निकाय फ्रान्सेलीका दाताहरुसँग विभिन्न याेजनाका साथ पालिकामा कसरी अगाडी बढ्न सकिन्छ ? भन्ने विषयवस्तुमा गहन छलफल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले बताए ।

      गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले सामाजिक विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेर अघि बढिरहेकाे बताए । उनले सम्बन्धित निकायहरुमा गाउँपालिकाकाे चाैतर्फी विकासका लागि पहल गरिरहेकाे बताउँदै पालिकाभित्र कार्यरत संस्थाहरुलाई स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाईमा बजेट लगानी गर्नुपर्नेमा जाेड दिएको बताए । अध्यक्ष थापाले ती बाहेक सशक्तीकरणका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्न आवश्यक रहेकाे जिकिर गरे ।

      कार्यक्रममा फ्रान्सेली दातृ निकायका दाता जावेद मिरीले आवश्यकता अनुसार लगानी गर्ने आश्वासन दिएका छन् । उनले कार्यक्रम उपलब्धीमुलक भएमा थप कार्यक्रम विस्तार र लगानी गर्न तयार रहेकाे बताए । गाउँपालिकाकाे सामग्र विकासमा दातृ निकायले लाग्ने उनले जाेड दिए ।

      कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, वडा अध्यक्ष दिनेश कुमार चाैधरी, वास संयाेजक अर्जुन बेल्बासे, शिक्षा शाखा प्रमुख हरिहर बेल्बासे, कृषि विकास शाखाका प्रमुख रामसुन्दर माली, पशुका प्रहलाद ठाकुर, सरसफाई अभियानता दयाराम शर्मा र कुरुणा सेचेनका कार्यक्रम निर्देशक सुनिता शर्मा, संयाेजक हुमलाल अधिकारी, विश्राम काेरी, सहजकर्ता साकिरा खातुन लगायतकाे सहभागीता थियोे ।

        कमेन्टहरु