झापामा बालिकामाथि बलात्कार, युवक पक्राउ

नवलपुर टुडे
२०८० मंसिर ६ | मध्यान्ह ०५:०८ बजे

झापा । झापामा ९ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–३ बस्ने इलामको रोङ गाउँपालिका–६ का २० वर्षीय दिपेश प्रधान रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका–३, किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले युवकलाई पक्राउ गरेको जनाइएको छ ।





