राजनीति

    राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तोकियो नयाँ मतभार

    नवलपुर टुडे
    २०८० मंसिर ६ | मध्यान्ह ०३:०८ बजे

      काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त हुने पदका लागि हुन लागेको निर्वाचनमा नयाँ मतभार तोकेको छ ।

      राष्ट्रियसभाका एक तिहाइ सदस्यहरूको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । 

      आयोगका अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार १९ कायम हुनेछ । यसअघि प्रदेशसभाको ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ थियो ।

      २०७८ को जनगणनाको नतिजा सार्वजनिक भएसँगै आयोगले सोहीअनुसार मतभार कायम गरेको जनाएको छ । अब हुने निर्वाचनमा नयाँ मतभार अनुसार मतगणना हुनेछ ।

      Nirbachana-Notice-1700645486.jpeg

        कमेन्टहरु