रास्वपा नेता ओझा विरुद्ध प्रहरी परिसरमा उजुरी


काठमाडौं । पत्रकारकाे हात खुट्टा भाँच्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) नेता रबिन्द्र ओझा बिरुद्ध जिल्ला प्रशासन कार्यालयसहित काठमाडौं प्रहरी परिसरसम्म उजुरी परेकाे छ ।
केही हप्ताअघि रास्वपा खाेटाङकाे संगठन बिस्तारकाे बिषयमा स्वतन्त्र पत्रकारकाे रुपमा फरक बिचार राखेकै कारण बिभिन्न ब्यक्ति मार्फत रबिन्द्र ओझाले पत्रकार दिपेश श्रेष्ठलाई धम्क्याउदै आएपनि साे बिषयलाई श्रेष्ठले सामान्य रुपमा लिएकाे श्रेष्ठले बताए ।
पार्टीकै आन्तरिक छलफलकाे क्रममासमेत नेता ओझाले केटाहरु लगाएर श्रेष्ठकाे हात खुट्टा भाँचि दिने, घटना घटाउने जस्ता अभिव्यक्ति दाेहर्याईएकाे हुनाले तपाईकाे सुरक्षाकाे लागि जानकारी गराएका हाैँ भन्दै साे छलफलमा सहभागि रास्वपा खाेटाङका अर्का नेता डा : राजकुमार राई र कागेश्वरी मनाेहरा नगर समिति गणेश बस्नेतले पत्रकार श्रेष्ठलाई सजक गराएका थिए।
साे जानकारी लगत्तै श्रेष्ठले कानुनि उपचारका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरमा ओझा बिरुद्ध कानुनी कारबाहीका लागि उजुरी दर्ता गराएका हुन्।
बिगतमा खाेटाङबाट नेकपा एमालेकाे तर्फबाट दुई कार्यकाल संघिय सांसद रहेका विशाल भट्टराईकाे स्वकीय सचीव रहेर काम गरेका ओझा २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पालिका अध्यक्षकाे टिकट नदिएकाे भन्दै एमाले सँग चिडिएका रबिन्द्र ओझा लगत्तै मंसिर ८ मा सम्पन्न संघ र प्रदेशकाे निर्वाचनबाट विशाल भट्टराई पनि पराजय भएपश्चात केही महिना अघि मात्र रास्वपा प्रवेश गरेका हुन्।
ओझाकाे काठमाडौं तिनकुनेमा रियल टाइम हाजिर मेसिन बिक्री बितरणकाे कम्पनी सञ्चालनमा छ भने विशाल भट्टराई सँग रहेर काम गर्दा दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकालाई कम्प्युटर लगायतकाे सामानहरुसमेत सप्लाई गरेकाे नगरपालिका सम्वद्ध एक कर्मचारीले बताए । नगर भित्रकाे स्कुलहरुमा जडान गरिएका हाजिर मेसिनहरु पनि रबिन्द्रकाे कमितिमार्फत सप्लाई गरिएकाे हाे कि भन्ने शंका गरिए सप्लायर्सकाे बिषयमा छानविन भइरहेकाे र ती जडित मेसिनहरु जडान गरेकाे १ बर्ष नपुग्दै बिग्रिएकाे छ साे मेसिनहरु तत्कालिन नगर प्रमुख नेकपा एमालेको कार्यकाल रहदा २०७५ सालमा खरिद गरेका थिए ।








