बागमती प्रदेश

    पुल्चोकस्थित मन्त्री निवास क्षेत्रमा निषेधाज्ञा, पाँच जना बढी भेला हुन नपाइने

    जगत ठाडा मगर
    २०८० मंसिर ५ | मध्यान्ह ०५:०८ बजे
      काठमाडौँ । सरकारले काठमाडौंपछि ललितपुर जिल्लामा पनि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले स्थान विशेषमा निषेधाज्ञा जारी गरेको हो।

      ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जनाएका छन्।

      जिल्ला प्रशासन कार्यालयले ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरेको हो।

      1700566538 notice

       

       

        कमेन्टहरु