समाचार

    ललितपुरको नागदहमा एक पुरूषको शव फेला

    नवलपुर टुडे
    २०८० मंसिर ५ | मध्यान्ह ०३:०८ बजे

      ललितपुर, मंसिर ५ । ललितपुरको नागदहमा एक पुरूषको शव फेला परेको छ ।

      मंगलबार बिहान ११ बजे ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदह पोखरीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए ।

      शव हरिसिद्धीका २७ वर्षीय निरज खड्गीको रहेको प्रहरीले जनाएको छ । खड्गी मंसिर १ गते‍देखि सम्पर्कबिहीन थिए । नागदहमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो ।

      शव पोष्टमर्टमका लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु