देश

    बारामा तेल पेल्ने मेसिनमा च्यापिएर १२ बर्सिय बालक घाइते

    जगत ठाडा मगर
    २०७८ जेष्ठ १३ | मध्यान्ह ०५:०२ बजे

      रंजित चौरसिया
      बारा । बाराको देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहको तेल पेल्ने मेसिनमा च्यापिएर एक बालक घाइते भएका छन ।

      देवताल गाउँपालिका वडा नम्बर ४ स्थित रहेको तेल पेल्ने मेसिन भित्र च्यापिएर पत्रहट्टी निवासी एक बालक घाइते भएका हुन ।

      महागढिमाइ नगरपालिका अन्तर्गत पर्ने पत्रहट्टि निवासी १२ बर्सिय भनेश यादव भनिने बालक तोरि लिएर मिलमा गएका थिए । तेल पेल्ने क्रममा भित्रै च्यापिएर घाइते हुन पुगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

      बारा प्रहरीले जनाए अनुसार आज दिउँसो करीब १२ बजेको समयमा दुर्घटना हुन पुगेको र घाइते बालक यादवलाई उपचारको लागि बिरगंज स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

        कमेन्टहरु