दुर्घटना, सुदुरपश्चिम प्रदेश

    कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु, १३ जना घाइते

    नवलपुर टुडे
    २०८० मंसिर ४ | मध्यान्ह ०७:०८ बजे

      धनगढी, मंसिर ४ । कैलालीको गोदावरीमा नगरपालिका वडा नम्बर ४ बुढितोलामा मिनी ट्रक दुर्घटनामा हुँदा एक जना महिलाको ज्यान गएको छ । यस्तै उक्त दुर्घटनामा १३ जना घाइते भएका छन् ।

      जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार आज साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक आफै अनियन्त्रित भई सडकको छेउमा पल्टिदा ट्रकमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक महिलाको पहिचान अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।

      दुर्घटनामा परी डोटी जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ३४ वर्षीय ललिता सारू, पाँच वर्षीय आर्यान सारू, दुई वर्षीय आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जीवन विक, ६० वर्षीय रंग कामी, २५ वर्षीय २५ भरत मल्ल, १८ वर्षीय भुवन मडै, २८ वर्षीय यादव रावल, ४० वर्षीय राम बहादुर रावत घाइते भएका छन् । उनीहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

      यस्तै १२ वर्षीय विपिन विक, ३६ वर्षीय टेक बहादुर सारू, ३४ वर्षीय कल्पना विकको पदमा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु