दुर्घटना, लुम्बिनी प्रदेश

    रुपन्देहीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    नवलपुर टुडे
    २०८० मंसिर ४ | मध्यान्ह ०१:०८ बजे

      बुटवल । रुपन्देहीको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलका भैरहवा सडक खण्डकको तिलोत्तमाको मणिग्राम  लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ ट्रकले  ठक्कर दिँदा  दुई जनाको मृत्यु भएको प्रहरीले  जनाएको छ ।  

      घटनामा परी रुपन्देहीका व्यवसायी माधवलाल देवकोटाको मृत्यु भएको छ । उनीसँगै मोटरसाइकलमा सवार  तिलोत्तमा नगरपालिका–२ जानकी नगर बस्ने यादा क्षेत्रीको  पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतक देवकोटा सहकारी सङ्घका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक थिए । विभिन्न सामाजिक तथा पेसागत सङ्घ संस्थामा आबद्ध देवकोटा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका सल्लाहकार समेत थिए ।

      दुवै जनाको शव तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा राखिएको इलाका  प्रहरी कार्यालय बुटवलले जनाएको छ । 
       

       

        कमेन्टहरु