कोशी प्रदेश, दुर्घटना

    इलाममा ४० जना यात्रु सवार बस दुर्घटना, १ बालकको मृत्यु

    जगत ठाडा मगर
    २०८० मंसिर ३ | मध्यान्ह ०६:०८ बजे

      इलाम ।  इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।  

      सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको बताए ।

      ‘प्रहरीको टोली त्यहाँ पुगेको छ । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो,’ उनले भने, ‘९–१० वर्ष जतिको एक जना बालक रुखमा ठोक्किएको अवस्थामा देखिन्छ । उनको लगभग मृत्यु भएको जस्तो देखिन्छ ।

      बाँकी २७ जनाको उद्धार भइसकेको छ । कति जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन ।’ 

        कमेन्टहरु