खेलकुद

    हङकङमा जारी महिला टी-२० सिरिज : नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

    नवलपुर टुडे
    २०८० मंसिर ३ | बिहान ०९:०८ बजे

      काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको अहिले भइरहेको तेस्रो स्थानको खेलमा नेपालले जापानलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।

      नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन जोड्यो ।

      नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुबिना क्षेत्रीले २१ र इन्दु बर्माले १२ रन जोडे।

        कमेन्टहरु