बैतडीमा जिप दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते


कैलाली, मंसिर २ । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्लाको दोगडाकेदार–८ कटौजपानीबाट सिल्लेगाडा तर्फ गइरहेको से १ ज ६०३ नम्बरको जिप घोडेधारको उकालोमा दुर्घटनामा परेको थियो । दुर्घटनामा दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३५ बर्षिय अमरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
यस्तै घाइते हुनेहरुमा कालागाउँकै ३० बर्षिया कलावती विष्ट, ४५ बर्षिया हिरा विष्ट, ४ वर्षिय रियाग विष्ट, ७ वर्षिया सुशीला विष्ट र ६० वर्षिय पदम विष्ट रहेका छन् । घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । ग्रामीण भेगमा कच्ची सडकका कारण उकालोमा चढ्न नसकेर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।





