मधेश प्रदेश

    रेलले किचेर धनुषामा भारतीय नागरिकको मृत्यु

    नवलपुर टुडे
    २०८० कार्तिक २८ | बिहान ११:०७ बजे

      जनकपुरधाम । नेपाल रेलवेले किचेर आज बिहानै एकजनाको मृत्यु भएको छ ।

      धनुषाको बिदेह नगरपालिकाको ईटहर्वा र दुहबीको बिचको बैदेही स्टेशनमा रेलले किचेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन । 

      मृत्यु हुनेमा भारत बिहार मधुवनी जिल्ला बेल्हीको अन्दाजी वर्ष ५५ को विन्देश्वर दासको रहेको भएको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए । बिहान ८ः ४० बजे जनकपुरधामबाट जयनगरको लागि छुटेको रेलले किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

      प्रहरीका अनुसार लिक पार गर्न खोज्दा रेलले किचेर दासको शरीर दुई टुक्रा भएको छ ।

        कमेन्टहरु