कोशी प्रदेश, घटना

    उर्लाबारीमा आगलागी : प्रहरीसहित २० भन्दा बढी घाइते

    जगत ठाडा मगर
    २०८० कार्तिक २७ | बिहान ०७:०७ बजे

      मोरङ । मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये चार जना प्रहरीहरू पनि छन् ।

      राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।

      लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित घाइते भएको प्रहरीले जनाएको छ ।

      घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ ।

      सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएका थिए । घाइते मध्य केहीको अवस्था गम्भीर छ ।

      घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने मोरङ प्रहरीले जनाएको छ ।

      आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।

        कमेन्टहरु