घटना, सुदुरपश्चिम प्रदेश

    तिहारको मुखमा कञ्चनपुरमा एक दम्पत्ति झुण्डिएको अवस्थामा मृत फेला

    नवलपुर टुडे
    २०८० कार्तिक २६ | मध्यान्ह १२:०७ बजे
    सांकेतिक तस्बिर
      कञ्चनपुर । तिहारको मुखमा कञ्चनपुरमा एक दम्पत्ति झुण्डिएको अवस्थामा फेला परेका छन् । लालझाडी गाउँपालिका-१ बिनवारीका राना दाम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

      जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले आइतबार बिहान बिनवारीका २६ वर्षीय श्याम कुमार राना र २५ वर्षीया पुष्पा राना मृत फेला परेको जानकारी दिए । ‘दुवै श्रीमान् श्रीमती प्लाष्टिको डोरीले झुण्डिएको अवस्थामा फेला परेका छन्, उनले भने, ‘घटनास्थल सहित दुवै पक्षका आफन्तलाई बोलाएका छौँ, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’ 

      संगै बाँच्ने र सँगै मर्ने कसम खाएर वैवाहिक जिवनमा बाँधिएको यो जोडीले तिहारकै मुखमा प्राण त्याग गरेसँगै घर परिवार, माईती पक्ष र गाउँ नै शोकमा डुबेको छ । उनीहरुले तीन वर्षीया छोरीलाई टुहुरो बनाएर छाडेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको खास कारण शवको पोष्टमार्टम गरेपछि पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

        कमेन्टहरु