मधेश प्रदेश, शिक्षा

    नेपाल स्काउट निम्न माध्यमिक विद्यालय इटियाहीका विद्यार्थीलाई स्कुल ड्रेस वितरण

    रंजित चौरसिया
    २०८० कार्तिक २३ | मध्यान्ह ०६:०७ बजे

      वीरगंज २३ कार्तिक । बिन्दवासिनी गाउँपालिका वडा न.३ ठुलो इटियाही स्थित श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको छ । नेपाल स्काउट निम्न माध्यमिक विद्यालयको आयोजनामा विद्यालयको ९८ जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको हाे ।

      बिहिवार विद्यालयमै आयाेजित कार्यक्रममा विद्यालयको आफ्नै कोषबाट रकम निकासा गरि बाल विकास देखि कक्षा ८ सम्मका ९८ जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाले जानकारी गराए ।

      कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाको उपाध्यक्ष ज्योती चौरसिया, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, विद्यालय ब्यवस्थापन समिती सदस्य उमा देवी, सबिता देवी, मिना देवी, विद्यालयका प्र.अ प्रमोद प्रसाद चौरसिया, शिक्षक, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन विद्यालयका शिक्षक राकेश चौरसियाले गरेका थिए ।

        कमेन्टहरु