अपराध

    खुकुरी प्रहार गरी भिनाजुको हत्या, साला पक्राउ

    नवलपुर टुडे
    २०८० कार्तिक २३ | मध्यान्ह ०१:०७ बजे

      काठमाडौँ, कात्तिक २३ । झापामा खुकुरी र बाँस प्रहार गरी भिनाजुको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । बुद्धशान्ती गाउँपालिका-५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

      घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वाल गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

      घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो । 

        कमेन्टहरु