अपराध

    चरित्र हत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ

    नवलपुर टुडे
    २०८० कार्तिक २३ | मध्यान्ह १२:०७ बजे

      काठमाडौं, कात्तिक २३ । युट्युबर मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

      सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन् । आफ्नो चरित्र हत्‍या गरेको भन्दै एक महिलाले मनोज विरुद्ध व्यूरोमा उजुरी दिएकी थिइन् । स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउदै आएका मनोजले व्यक्तिगत चरित्रहत्या हुने प्रकृतिको विषयवस्तु प्रकाशन तथा प्रशारण गरेको, अन्य व्यक्तिसँगको तस्बिर र भिडियो जोडेर चरित्रहत्या गरेको भन्दै ब्यूरोमा उजुरी आएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । 

      मनोजलाई बिहीबार अदालतमा पेश गर्ने प्रहरीको तयारी छ ।

        कमेन्टहरु