समाचार

    महोत्तरीबाट एकैसाथ पाँचजना किशोरी सम्पर्कविहीन

    नवलपुर टुडे
    २०८० कार्तिक २३ | बिहान ०९:०७ बजे

      जनकपुरधाम, कात्तिक २३ । महोत्तरीबाट एकैसाथ पाँचजना किशोरी सम्पर्कविहीन भएका छन् । 

      औरही नगरपालिका–२ बाट मंगलबार दिउँसो साढे ११ बजेदेखि पाँचजना किशोरीहरू एकैसाथ हराइरहेको जानकारी आएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए । 

      उनका अनुसार १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कबिहीन भएका हुन् । 

      उनीहरू कामको सिलसिलामा भारततिर गएको हुनसक्ने प्रहरीको आशंका छ । उनीहरू सबै विपन्न परिवारका रहेको बुझिएको छ ।

        कमेन्टहरु