अपराध, मधेश प्रदेश

    सर्लाहीका असई मनोज यादव निलम्बनमा

    जगत ठाडा मगर
    २०८० कार्तिक २३ | बिहान ०७:०७ बजे

      सर्लाही। नेपाल-भारत सीमा वारपार तस्करीमा सहयोग गरेको आरोपमा सर्लाहीका असई मनोज यादव निलम्बनमा परेका छन् । यादव प्रहरी चौकी संग्रामपुरका इन्चार्ज थिए।

      तस्करसित पैसा लिएर सामान र मोटरसाइकलसहित मानिस छाडेको प्रमाणसहितको खबर जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रवीण धितालसमक्ष पुगेपछि घटनाको छानबिनका लागि असई यादवलाई एसपी धितालले निलम्बन गरेका छन्। 

       

       

        कमेन्टहरु