अपराध

    पोखरामा एटीएम फोरेर पैसा चोर्ने क्रममा एक भारतीय नागरिक पक्राउ

    नवलपुर टुडे
    २०८० कार्तिक २२ | मध्यान्ह ०२:०७ बजे

      पोखरा, कार्तिक २२ । पोखरामा नबिल बैंकको एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ परेका छन् ।

      पोखरा ८ सभागृहमा रहेको एटीएम फोड्न लाग्दा प्रहरीले भारतीय नागरिक बबी ठाकुरलाई पक्राउ गरेको हो । उनी पोखरा नयाँबजारमा सैलुन पसल चलाउँदै आएका थिए । बबीको साथबाट रड, पेचकस, कपाल काट्ने कैंचीलगायत बरामद भएको प्रहरीले जनाएको छ ।

      उनलाई नियन्त्रणमा लिएर चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु भएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

        कमेन्टहरु