अर्थ

    राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले दिए जाजरकोट भूकम्प प्रभावितलाई एक करोडको चेक

    नवलपुर टुडे
    २०८० कार्तिक २१ | मध्यान्ह ०२:०७ बजे

      काठमाडौँ, कार्तिक २१ । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूले जाजरकोटको भूकम्प प्रभावितहरुका लागि एक करोड रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । 

      भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि बैंकका कर्मचारीले मंगलबार १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका हुन् ।

      गत शुक्रबार राति आएको भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो ।

        कमेन्टहरु