दुर्घटना

    ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

    रासस
    २०८० कार्तिक २१ | बिहान ०८:०७ बजे

      बलेवा, कार्तिक २१ । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

      बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

      दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । 

      ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

        कमेन्टहरु